Skip to content

कुमारी बैंकको संस्थापक १५ हजार ४ सय कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । तेकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा खन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T