Skip to content

कुमारी बैंक भिसा अन्तराष्ट्रियद्वारा दुई विधामा सम्मानित

काठमाडौं । कुमारी बैंक भिसा अन्तराष्ट्रियद्वारा दुई विधामा सम्मानित भएको छ । यहि असोज ४ गते भिसा अन्तराष्ट्रियद्वारा आयोजित नेतृत्व सम्मेलन नेपाल २०२४ को अवसरमा बैंक दुई विधामा सम्मानित भएको हो ।

सो अवसरमा बैंकलाई ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता’ र ‘क्रस–सीमा व्यापारमा उत्कृष्टता’ अवार्डद्वारा सम्मानित गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima