Skip to content

पेसागत बीमा अभिकर्ता संघद्वारा आन्दोलन गर्ने चेतावनी

nabil bank

काठमाडौं । नेपाल पेसागत बीमा अभिकर्ता संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बीमा प्राकिरण पुगेर ज्ञापन पत्र बुझाउँदै बीमा नियमावलीमा संशोधन तथा समावेश गर्नु पर्ने मागसहित माग पूरा नभए कडा अन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष केदारबहादुर अधिकारी तथा महासचिव ओम केसीसहितका पदाधिकारीहरु बीमा प्राधिकरणमा पुगेर बीमा नियमावलीमा संशोधन तथा समावेश हुनुपर्ने १७ बुँदे ज्ञापन पत्र बुझाएका छन् । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई पेसागत बीमा अभिकर्ताहरुले ज्ञापन पत्र बुझाएका हुन् । बीमा प्राधिकरणले सुरुमा बीमा अभिकर्तासँग छलफल नै नगरी बीमा नियमावली मस्यौदा बनाएर सुटुक्क अर्थमन्त्रालयमा पेश गरेको थियो ।

अहिले अर्थले पनि प्राधिकरणकै मस्यौदालाई आधार मानेर बीमा नियमावली पास गर्न खोजेपछि संघ आन्दोलनमा उत्रिएको छ । बीमा अभिकर्ताहरुले बीमा प्राधिकरणका विरुद्धमा सम्झौताहिन आन्दोलनको चेतावनी समेत दिँदै आएका छन् ।

पेसागत बीमा अभिकर्ता संघले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम खाईपाइ आएको सेवा सुविधा कटौती हुन नहुने, एग्रिगटेर लाइसेन्स गैर कानुनी रुपमा वितरण गर्ने विषय बीमा नियमावलीमा समावेश गरिएकोले सो हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि संस्थालाई बीमा अभिकर्ताको लाइसेन्स दिन नहुने लगायतका मागहरु अघि सारेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi