Skip to content

नेपाल पुनर्बीमा कम्पनीले लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य नेपाली रकम एक वर्ष वा सोभन्दा कम अवधिको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूका लागि शिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरू, साथै नेपाल पूर्वाधार बैंक लिमिटेडमार्फत प्रस्ताव पेश गर्न सक्नेछन्।

इच्छुक पक्षहरूले प्रस्तावित मुद्दती निक्षेप रकम, व्याजदर, र भुक्तानीको तरिका सम्बन्धी सम्पूर्ण विवरणहरू नेपाल पुनर्बीमा कम्पनीको वेबसाइट बाट डाउनलोड गर्न सकिने शिलबन्दी प्रस्ताव फाराममा उल्लेख गरी पाँच कार्यदिन भित्र गोप्य रूपमा कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima