Skip to content

कामना सेवा विकास बैंकको साधारणसभा असोज ३० गते, कति दिँदै छ बोनस ?

काठमाडौं । कामना सेवा विकास बैंकले १८ औं वार्षिक साधारणसभा असोज ३० गतेका लागि बोलाएको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा लिसारा रिसेप्शन भगवति बाहाल नक्साल काठमाडौंमा साधारण गर्ने निर्णय गरेको हो ।

बैंकको सो साधारणसभा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने प्रस्ताव पारित गर्ने छ । यसका साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै सञ्चालक (सर्वसाधारणतर्फ) नियुक्ति समेत सभाले अनुमोदन गर्ने छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित रु १०० का दरले रु ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima