काठमाडौं । सोल्टी होटल लिमिटेडका सञ्चालक दीपकराज जोशीको राजीनामा स्वीकृत भएको छ । होटलको असोज ८ गते बसेको सञ्चालक समितिको बैठले जोशीको राजीनामा स्वीकृत गरेको हो ।
होटलको स्वतन्त्र सञ्चालक रहको जोशी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि होटलको सञ्चालक पदबाट राजीनामा दिएका थिए । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका थिए । सोही मितिबाट लागु हुनेगरी राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्