Skip to content

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना

काठमाडौं । एक संस्थाको वृद्धि–विकासकालागि त्यस संस्थाका कर्मचारीहरुले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकास सँगै कर्मचारीहरुको पनि बाराबर प्रगती हुनुपर्दछ भन्ने सोच रख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ ।

यसै सन्दर्भमा २०८१ साल, भाद्र महिनामा, ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफद्वारा प्रधान कार्यालयका कर्मचारीहरुकालागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल सुगारिका के.सी. ज्यूको उपस्थिती रहेको थियो । यस तालिम कार्यक्रममा ६० भन्दा बडी कम्पनीका कर्मचारीहरुले प्रशिक्षण प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, संचार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासकालागि महत्वपूर्ण विषयहरुमा तालिम प्रदान गरिएको थियो ।

यसै कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि.सी. ज्यू द्वारा उपस्थित कर्मचारीहरुलाई प्रेरणागत रुपमा आगाडी बढ्नका लागि राणनितिहरुका बारेमा जानकारी दिए । कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनहरुमा यस तालिममा सिकेका कुराहरुले अझै मद्दत पुग्ने आशाका साथ, कार्यक्रमको सफलतापूवर्क समापन भएको घोषणाका साथै बधाई र शुभकामना व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T