Skip to content

कुमारी बैंकद्वारा ‘दसैं दक्षिणा अफर’ सार्वजनिक

काठमाडौं । नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको कुमारी बैंकले यही विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दसैं दक्षिणा अफर ल्याएको छ ।

घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दसैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्ने छ ।

त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदवापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको दसैं दक्षिणा प्राप्त गर्न सक्ने छन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T