Skip to content

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं। सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  उक्त बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटनामा परेर मृत्यु भएपछि उनका हकवालालाई बिमा रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।

उक्त बैंकको बिर्तामोड शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रूपमा बीमा रकमको चेक हस्तान्तरण गरे। दुर्घटनाका कारण मृत्यु भएका निरौलाले बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधोपचार बिमा र ५० हजारको आवधिक जीवन बिमा सुविधा उपलब्ध गराउँदै आएको छ।

बैंकले हाल १ सय ३३ शाखा तथा १ सय २४ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima