Skip to content

सानिमा बैंकले घोषणा गर्‍यो लाभांश

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima