Skip to content

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन हेयर क्लिनिकमा १५ प्रतिशत छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र बानेश्वरस्थित एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सो सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ।

बैंकले हाल १ सय ९७ शाखा, १ सय ६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित एकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima