Skip to content

लघु बीमाको संख्या सातबाट आठ हुँदैनः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने सम्भावना नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

‘नयाँ लघुबीमाको लाइसेन्स वितरण गर्ने अवस्था छैन । सातवटा छ, अब आठौं हुँदैन । ढुक्क हुनुहोला,’ उनले भने । अध्यक्ष सिलवालले लघु बीमाले स्थापना हुँदाका बखत निर्धारण गरिएको उद्देश्य अनुरुप काम भए नभएको समीक्षा गर्न बाँकी रहेको भन्दै ठूला बीमा कम्पनीका लागि सरकारले तोकेको निश्चित प्रतिशत माइक्रो इन्स्योरेन्स गर्नुपर्ने व्यवस्था लागू भए नभएको सम्बन्धमा पनि पछि छलफल हुने बताएका छन् ।

अहिले नेपालमा ठूला २८ वटा जीवन बीमा कम्पनी रहेका छन् भने लघु बीमा कम्पनीको संख्या ७ वटा रहेको छ । जसमा १४÷१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी छन् । त्यस्तै चार वटा लघु निर्जीवन र तीन वटा लघु जीवन बीमा कम्पनी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima