Skip to content

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब बढी, कुन बैंकको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले साउन र भदौ महिनामा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार दुई महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकको शीर्ष स्थानमा नविल बैंक रहेको छ । यो बैंकले भदौ महिनासम्ममा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । धेरै नाफा कमाउनेमा बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले दुई महिनामा १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै, भदौ महिनासम्ममा इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो अवधिमा हिमालयन बैंकले १ अर्ब १६ करोड, कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले ९७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् ।

भदौ मसान्तसम्म एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा बैंकले ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख रुपैयाँ नाफा गरेका छन् । यो अवधिमा एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख र माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima