Skip to content

युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी डोरेन्द्रराज दाहाललाई

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी डोरेन्द्रराज दाहाललाई दिइएको छ । हाल सहायक महाप्रबन्धक रहेका दाहाललाई निमित्त सीईओको जिम्मेवारी तोकिएको हो ।

हृदयघातका कारण युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सीईओ श्रवण रावलको गत बिहीबार निधन भएपछि कम्पनीमा कामु सीईओको जिम्मेवारी दिने दोस्रो तहका कर्मचारी नभएपछि तेस्रो तहका सबैभन्दा सिनियर कर्मचारीको रुपमा मार्केटिङ विभागमा कार्यरत सहायक महाप्रबन्धक दाहाललाई निमित्त सीईओको जिम्मेवारी तोकिएको हो ।

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T