काठमाडौं । नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५ करोड अमेरिकी डलर(२० अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।
नेपाल सरकार र विश्व बैंकबीच आपतकालिन सहयोग सम्झौताको विषयमा हस्ताक्षर भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका उपाध्यक्षको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले समझदारीपत्रमा हस्ताक्षर गरे ।
अर्थसचिव रामप्रसाद घिमिरेलेले स्रोतको दवाव भएको बेला विश्व बैंकको सहयोगले विपत व्यवस्थापनको सहयोगी हुने बताए ।
प्रतिक्रिया दिनुहोस्