Skip to content

निफ्राले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima