Skip to content

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम, ८९१ छोरीको बीमा

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ ।

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु. ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई रु. एक लाख प्रदान गर्ने उनले बताइन् । पौडेलले भनिन्, ‘अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक रु. तीन हजार तीन सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।’

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T