Skip to content

सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने नबिल बैंकको निर्णय

काठमाडौं । नबिल बैंक लिमिटेडले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति सेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T