Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख २० हजार २१४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए पश्चात कम्पनीका विद्यमान संस्थापकलाई सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम सर्वसाधारणलाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T