काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबारको पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । मध्यान्ह १२ बजेको समयसम्ममा सेयर बजारमा ३ अर्ब ३ करोड ९२ लाख २८ हजार ४६७ रुपैयाँको कारोबार भएको हो ।
यो अवस्थामा सेयर बजार परिसूचक ४० दशमलव ०३ अंकले बढेर २७७८ दशमलव ०९ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.४६ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा ७४ लाख ४० हजार ७१३ कित्ता सेयर खरिद बिक्री भएको छ ।
यो अवस्थामा सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ ।












प्रतिक्रिया दिनुहोस्