Skip to content

नाडेप लघुवित्तको नाफा ऋणात्मक

nabil bank

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नोक्सानीमा गएको छ । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकसम्म कम्पनी ४ करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनी ५ लाख १० हजार रुपैयाँ खुद नाफामा थियो । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी १२.४६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष ५ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८३ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गर्न सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ५ करोड २ लाख रुपैयाँ ऋणात्मक भएको छ। गत वर्ष यस्तो नाफा १ लाख १३ हजार रुपैयाँ धनात्मक थियो । कम्पनीको कुल सञ्चालन आम्दानी भने ६ करोड ८४ लाख रुपैयाँबाट बढेर ६ करोड ९० लाख रुपैयाँ पुगेको छ । सञ्चालन खर्च ७ करोड ६२ लाख रुपैयाँबाट बढेर ९ करोड १ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको खराब कर्जा ६.५८ प्रतिशतबाट बढेर १०.५१ प्रतिशत पुगेको छ । यससँगै प्रतिशेयर आम्दानी १०.२४ रुपैयाँले ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ छ ।

चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा २३ करोड ४६ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ११ करोड ९६ लाख रुपैयाँ छ । प्रथम त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिएको छ भने ६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप संकलन २ अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi