Skip to content

नेपाल बैंक र दराजबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र अनलाइन इ कमर्स प्लेटफर्म दराज केयमुबीच छुटसम्बन्धी सम्झौता भएको छ। बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो।  नेपाल बैंकले ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ।

बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार ५०० रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्नका लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकाले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिनसमेत आग्रह गरेको छ। यो योजना कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima