Skip to content

प्रभु महालक्ष्मी लाइफको नाफा २५ प्रतिशत वृद्धि, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार २५.७४ प्रतिशतले नाफा बढेको हो ।

गत आवको असोज मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४५.७७ प्रतिशतले वृद्धि भएर १० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमाससम्म १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीको चालु आवमा बढेर १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँबाट वृद्धि भएर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीले बीमितहरूलाई ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी पनि ९.३५ रुपैयाँबाट बढेर १०.६९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi