काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनी सेयर मूल्यमा १७३ रुपैयाँ १० पैसाले बढेर १ हजार ९०४ रुपैयाँ १० पैसा पुगेको छ । यस अघि सपोर्ट माइक्रोफाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दासम्म समग्र नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर २७६५ दशमलव ०३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब १३ करोड बढीका १ करोड १९ लाख ६६ हजार ३३३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।












प्रतिक्रिया दिनुहोस्