Skip to content

करिब २ प्रतिशतले बढ्यो उन्नति लघुवित्तको नाफा

nabil bank

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा करिब २ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १.९५ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले २२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा १.९५ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीमा वृद्धि र सञ्चालन आम्दानी वृद्धि भएतापनि इम्पेरिमेन्ट चार्ज बढाउनु पर्दा लघुवित्तको नाफामा सन्तोषजन वृद्धि हुन नसकेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.१६ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँ कामय भएको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३२ लाख रुपैयाँ छ ।

चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड ४ लाख रुपैयाँ सञ्चित भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब १० करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर तीन अर्ब ६१ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा कायम छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १३८.६८ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi