Skip to content

बिवाइडीद्वारा ३० वर्षमा १ करोड युनिट न्यू इनर्जी भेहिकल उत्पादन

काठमाडौं । न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बिवाइडीले ३० वर्षमा १ करोड युनिट कार उत्पादन गरेको छ। पछिल्लो समयमा विश्व बजारमा लोकप्रिय ब्राण्ड बनेको बिवाइडीले ३० वर्ष पूरा गरेको हो।

कम्पनीले एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो। तीन दशक लामो यात्रालाई सम्झदै कम्पनीका सिइओ वाङ चाङफुले आफ्नो लागि यो उपलब्धि कोसेढुंगा भएको बताए।

सन् १९९५ मा चीनको सान्जेन सहरमा स्थापना भएको बिवाइडीसँग सुरूमा २० जना कर्मचारी थिए। अहिले कम्पनी विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बन्दा कम्पनीसँग विश्वभर १० लाख कर्मचारी पुगेका छन्।

वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बिवाइडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima