काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रयास गरेको छ । यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएको कम्पनीले आज मंसिर ६ गते पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो ।
कम्पनीले यसअघि नै असोज १६ गते एक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन खुलाएको थियो । जसमा आवेदन दिई प्रतिस्पर्धा गरेका चारैजना फालिएपछि कम्पनीले सीईओ छान्न सकेको थिएन । एकपटक सीईओ छान्न नसकेपछि कम्पनीले आज पुनः विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ ।
योग्य तथा इच्छुक व्यक्तिले शैक्षिक योग्यता र आवश्यक पर्ने अन्य कागजात सहित २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्