Skip to content

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

काठमाडौं । नेपाल बैंकले कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपाल बैंक र काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबबीच गत मंसिर १२ गते भएको सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi