Skip to content

२ करोड ४३ लाखको लागतमा खानेपानी सुविधा

गुल्मी । दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्याइएको हो ।
पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ६५ लाख रुपैयाँ, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको  ९७ लाख ४८ हजार रुपैयाँ, नेपाल विद्युत् प्राधिकरणमार्फत  ४३ लाख ९० हजार रुपैयाँका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान रु ३७ लाख ५० हजार गरी कूल दुई करोड ४३ लाख ८८ हजार रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।
‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका १ सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिए ।
गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima