Skip to content

ग्लोबल आईएमई लघुवित्तको ८ हजार ७ सय कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले संस्थागत सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेस हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जानकारी दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima