Skip to content

पोखरामा सानिमा रिलायन्स लाइफको अभिकर्ता सीप विकास कार्यशाला आयोजना

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पोखरा रिजनअन्तर्गत गण्डकी धौलागिरि क्षेत्रका उत्कृष्ट २ सय ६२ जना अभिकर्ताका लागि पोखरामा सीप विकास कार्यशाला आयोजना गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कम्पनीका डेपुटी निराजन कँडेलले उत्तप्रेरणा तथा रमाइलो कार्यक्रमले आनन्द दिए पनि सैदान्तीक र बिषय बस्तुमा गहन अध्ययनले फाइदा पुग्ने भन्दै अध्ययन तथा प्रशिक्षणमा जोड दिनुपर्ने बताए।

साथै कम्पनीका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र सन्दीप कसजुले कार्यशालाको सहजीकरण गरेका थिए।

सो कार्यक्रममा पोखरा रिजनमा गत आर्थिक वर्षमा बिभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका ९ जनालाई सम्मान गरिएको कम्पनीका रिजनल म्यानेजर विनोद त्रिपाठीले जानकारी दिए। सो कार्यक्रममा कम्पनिका रिजनल म्यानेजर विनोद त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima