Skip to content

म्याग्दीको झिँ–टोड्के सडक स्तरोन्नति सुरु

nabil bank

म्याग्दी । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँबाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो ।

रघुगङ्था गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताए ।

‘झिँ–टोड्के छ किलोमिटर सडकमध्ये यस वर्षको बजेटबाट अप्ठ्यारो र साँघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम थालिएको छ’, उनले भने ।

सङ्घीय सहरी विकास मन्त्रालयबाट विनियोजित १ करोड ५० लाख रुपैयाँ बजेटबाट मङ्गला गाउँपालिकाको कुहुँ–भिरकटेरा–टोड्के र टोड्के–झिँ खण्डमा पनि स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi