Skip to content

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १७ गते बुकक्लोज गर्दै छ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर २८ गते, शुक्रबार, लिसरा रिसेप्सन्स् प्रालि नक्साल काठमाडौंमा दशौँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा दिउँसो ४ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T