Skip to content

गरिमा विकास बैंकको ३ लाख ६० हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले साढे ३ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता सेयर बिक्री गर्न लागेको हो। यसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ८ हजार १३०.३२ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले किन्न पाउनेछन्।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयर खरिद गर्न ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूलाई सेयर खरिद गर्नका लागि खुला गरिने बैंकले जानकारी दिएको छ।

अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको सेयरमा आवेदन दिन १५ दिनको समयसीमा तोकिएको छ। दुवै समूहले सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T