Skip to content

प्रभु महालक्ष्माी लाइफको ९८ हजार ४ सय कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९८ हजार ४ सय ९० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी शशि रञ्जन कलवारको नाममा रहेको ४५ हजार कित्ता, भीमबहादुर गौचनको १० हजार कित्ता, मोहन राज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्माी देवि प्रधानको १८ हजार कित्ता, गणेशकुमार घिमिरेको नाममा रहेको ५ हजार ४ सय ९० कित्ता सेयर गरी कुल ९८ हजार ४ सय ९० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्न सक्ने छन् ।

साथै, तोकिएको समभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद बिक्री नभएमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi