Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २४.९७ अंक घटेर २७५०.८७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५० अंक बढेर २७५२.३७ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।

बिहीबार प्रिओपन सेसनमा ६४ स्टकको १२७ पटकको कारोबारमा ७८ लाख ५६ हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi