Skip to content
Prabhu

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेले दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात एनआरएनको सेयरमूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ भने फर्स्ट माइक्रोफाइनान्सको ७३१ रुपैयाँ १९ पैसा कायम भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। बिहीबार, एनआरएनको सेयर प्रतिकित्ता १ हजार १५० रुपैयाँ र फर्स्टको सेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी दुई कम्पनीको सेयर कारोबार हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal