काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । यससँगै आईपीओ निष्कासनको माग राख्दै बोर्डमा निवेदन दिने लघु बीमा कम्पनीको संख्या ५ पुगेको छ । यसअघि नै निवेदन दिइसकेका क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अझै पाइपलाइनमा छन् भने गार्डिय माइक्रो लाइफले स्वीकृति पाएर पहिलो चरणको आईपीओ बिक्री खुला गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्