Skip to content

समता घरेलु लघुवित्तको सेयर संरचना परिवर्तन गरिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचनामा परिवर्तन गर्न लागेको छ । परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६३.८७ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३६.१३ प्रतिशत कायम हुनेछ ।

यसअघि संस्थापक समूहको स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको ३०.५२ प्रतिशत थियो । समता लघुवित्त, घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एकआपसमा मर्जर भई समता घरेलु लघुवित्त बनेपछि नयाँ संरचना लागू गर्न लागिएको हो ।

गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले साबिक समता लघुवित्तका संस्थापक सेयरधनीहरुको नाममा रहेको ५.६१ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिवर्तन गर्ने निर्णय गरेको थियो । यो निर्णय नेपाल राष्ट्र बैंकले पनि स्वीकृत गरिसकेको छ ।

साबिक समता लघुवित्तका संस्थापक सेयरधनीहरुलाई यदि उनीहरुले संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने हो भने ३५ दिनभित्र समता घरेलु लघुवित्तको बनेपास्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन वा संस्थाको इमेलमार्फत निवेदन पठाउन आग्रह गरिएको छ ।

सूचनाको समयावधिमा निवेदन नदिएका सेयरधनीहरुको हकमा संस्थापक सेयर स्वतः सर्वसाधारण समूहमा परिवर्तन हुने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T