Skip to content

प्रिओपन सेसनमा नेप्से साढे १ अंकले बढ्यो

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंक बढेर २६७१.३६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा १ करोड ९ लाख ९४ हजार ५९० रुपैयाँ ४० पैसाबराबरको १७ हजार ३६७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima