Skip to content

ग्लोबल आइएमई बैंकका सीईओले बुझे सवा २ करोड तलब भत्ता

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड २१ लाख ६५ हजार ८४८ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत ७५ लाख ९६ हजार, भत्ता बापत ५० लाख ४० हजार, सञ्चय कोष बापत ७ लाख ५९ हजार ६०० रुपैयाँ, बिदा बापत भुक्तानी १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैं भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।

यस्तै बोनस बापत ६५ लाख ८ हजार ४६१ रुपैयाँ, टेलिफोन र मोबाइल बापत ५८ हजार ९९८ रुपैयाँ भुक्तानी गरेको छ । सीईओले लिएको तलब, भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिर्ने गरेका छन् । बैंकले गत आवमा सञ्चालक समितिलाई बैठक भत्ता बापत १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । बैंकले अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक २५ हजार तथा सञ्चालक सदस्यहरुलाई प्रति बैठक भत्ता २२ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi