Skip to content

प्रि ओपन सेसनमा साढे १४ अंक बढ्यो नेप्से

nabil bank

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा कारोबार बन्द हुँदा परिसूचक १४ दशमलव ५१ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४५ दशमलव ८८ अंक बढेर २७१५ दशमलव ७१ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसन पछि १४.५१ अंक बढेर २७३० दशमलव २३ विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ दशमलव ८१ अंक बढेको छ ।

बिहीबारको प्रि ओपन सेसनमा ६२ स्टकको ३ हजार ७७५ कित्ता सेयर ९२ पटक खरिद बिक्री हुँदा २२ लाख ८१ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य भने स्थिर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi