काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता सेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ ।
हाल यो सेयर कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
आवेदन आज मंसिर २७ गतेदेखि माघ २ गते दिउँसो २ बजेसम्म दिन सकिने कम्पनीले जनाएको छ । आवेदन बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउनु पर्नेछ ।












प्रतिक्रिया दिनुहोस्