काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजे सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको आधारमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा पुस ३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।












प्रतिक्रिया दिनुहोस्