Skip to content

२० सदस्य भएको बैंकर्स संघको अध्यक्ष बन्न कोइराला र शेरचनको उम्मेद्वारी, पूर्वअध्यक्षहरु सहमतिको प्रयासमा

nabil bank

काठमाडौं । २० जना सदस्य भएको नेपाल बैंकर्स एशोसियनको आगामी कार्यकालको अध्यक्षको लागि दुईजनाको उम्मेद्वारी परेको छ ।

पुस ३ गते हुने साधारणसभाले संघको दुईवर्षको कार्यकालको लागि अध्यक्ष चयन गर्ने छ ।

अध्यक्षको लागि अहिलेका उपाध्यक्ष सन्तोष कोइराला र कार्यसमिति सदस्य अशोक शेरचनको उम्मेद्वारी परेको छ । संघमा निर्विरोध अध्यक्ष चयन हुने प्रचलन रहेपनि बेला बेला भने चुनाव हुने गरेको छ । यसअघि १३ वर्ष अगाडि संघको अध्यक्ष चयनको लागि शसिन जोशी र अशोक राणाबीच प्रतिस्पर्धा भएको थियो । संघमा अहिले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष छन् ।

संघमा नयाँ नेतृत्वको लागि सीईओहरु कोइराला र शेरचनको पक्षमा विभाजित छन् । बैंकमा सीईओ भएको हिसाबले शेरचन सिनियर हुन् । त्यसैले शेरचन अध्यक्ष बन्नुपर्ने मत केही सीईओको छ । अर्का सीईओहरु भने विगतदेखि नै उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रचलन रहेको हुँदा कोइराला नै अध्यक्ष बन्नुपर्ने मत राखेका छन् । यद्यपी केही पूर्व अध्यक्ष र केही सीईओहरु बैंकिङ क्षेत्र निकै नै समस्यामा परेको हुँदा निर्वाचन गर्न नहुँने र सहमतिमा नेतृत्व गर्ने पक्षमा छन् । ‘दुवैजनाले आफ्नो अडान छाडेर सहमतिमा आएर नेतृत्व चयन गर्नुपर्छ,’सहमतिको प्रयासमा लागेका एक पूर्वअध्यक्षले भने,‘अहिलेको अवस्थामा बैंकरहरु विभाजित नभएर एकजुट हुनुपर्छ भन्ने प्रयास हामीले गरेका छौं।’ ती पूर्व अध्यक्ष निर्वाचन हुने दिनसम्म सहमति हुनेमा आशावादी छन् । बैंकर्स संघमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक सदस्य छन् ।

बैंकर्स संघले बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयमा नीतिगत पैरवी तथा बेलाबेला तरलता संकटको बेला ब्याजदरमा भद्र सहमति गर्ने गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi