Skip to content

बाढी पहिरोको क्षति : निर्जीवन बीमा कम्पनीमा १२ अर्ब रुपैयाँ दाबी पर्दा एक अर्बमाथि भुक्तानी, शिखरले मात्रै गर्‍यो ३० करोड भुक्तानी

nabil bank

काठमाडौं । असोज महिनामा आएको बाढी पहिरोबाट भएको क्षतिको निर्जीवन बीमा कम्पनीले १ अर्ब भन्दा माथिको दाबी गरेका छन् । १२ अर्ब भन्दा माथिको दाबी परेकामा हालसम्म कम्पनीहरुले १ अर्ब १९ करोड ६४ लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी दिएका हुन् ।

बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार रुपियाँ बराबरको दावी परेको छ । त्यसमा सर्भेलगायत प्रक्रिया पुरा गरेर अन्तिम दावी भुक्तानी दिन भने बाँकी नै छ । दावी रकम मंसिर २६ गतेसम्म आउँदा १ हजार ५१४ संख्यामा १ अर्ब १९ करोड रुपैयाँ भन्दा माथि पुगेको हो ।

हालसम्म परेको दावी भने तीन हजार ५४९ संख्यामा १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ । तर, अब त्यति धेरै दावी नबढ्ने पनि कम्पनीहरुको भनाइ छ । अधिकांश दावी परिसकेकाले अब छुटपुट मात्रै बाँकी भएको कम्पनीले जानकारी दिएको छ । हालसम्म शिखर इन्स्योरेन्सले मात्रै ४०७ वटा दावी आवेदनमा ३० करोड ७८ लाख २८ हजार रुपैयाँ बराबरको अग्रिम भुक्तानी गरेको छ । अन्य कम्पनीको तुलनामा शिखर इन्स्योरेन्सले धेरै अग्रिम दावी भुक्तानी गरेको तथ्यांकमा उल्लेख छ ।

हालसम्म सिद्धार्थ प्रिमियरले २५ करोड ५२ लाख, दि ओरियन्टलले चार करोड ४९ लाख २४ हजार, नेकोले आठ करोड १३ लाख ६० हजार, हिमालयन एभरेष्टले १० करोड ९३ लाख ७६ हजार, सगरमाथा लुम्बिनीले १४ करोड ५४ लाख एक हजार र नेशनलले ४३ लाख ९९ हजार रुपैयाँ बराबरको अग्रिम भुक्तानी दिएका छन् । यसैगरि आईजीआई प्रडेन्सियलले आठ करोड ६६ लाख ९५ हजार, एनएलजीले दुई करोड ५४ लाख ७२ हजार, नेपाल इन्स्योरेन्सले एक करोड ४८ लाख ५९ हजार, सानिमा जिआईसीले ९ करोड ५१ लाख चार हजार, युनाइटेड अजोडले एक करोड २८ लाख ८४ हजार र प्रभुले १ करोड २० लाख १२ हजार रुपैयाँ बराबरको अग्रिम दावी भुक्तानी दिएका छन् ।

यस्तै माईक्रो इन्स्योरेन्स तर्फ स्टार माइक्रोले दुई लाख ५० हजार, प्रोटेक्टीभ माईक्रोले एक लाख १८ हजार र नेपाल माइक्राले पाँच लाख एक हजार रुपैयाँ अग्रिम दावी भुक्तानी दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने अहिलेसम्म अग्रिम दावी भुक्तानी गरेका छैनन् । उक्त कम्पनीमा दावी भने परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi