Skip to content

आरम्भ चौतारी लघुवित्तको नाफा २ करोड १५ लाख

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड १५ लाख १४ हजार तीन सय ९९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २५ लाख ४४ हजार चार सय ६३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २० लाख ३१ हजार पाँच सय ४४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४१ लाख ७६ हजार सात सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५५ लाख ८९ हजार सात सय ३२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

वितरणयोग्य नाफा भने एक करोड ९० हजार नौ सय २९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने आठ दशमलव १२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५८ करोड २० लाख ६४ हजार एक सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २५ करोड १० लाख ६७ हजार तीन सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ४९ लाख नौ हजार ७९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ४६ प्रतिशत रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima