Skip to content

महिला लघुवित्तको खुद नाफा २ करोड ३३ लाख

nabil bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ३३ लाख ४२ हजार पाँच सय ४२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड आठ लाख ८१ हजार नौ सय ३६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ६४ करोड ४८ लाख ३८ हजार छ सय १९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड १० लाख २४ हजार दुई सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ९० लाख एक हजार छ सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५७ करोड ३७ लाख ९९ हजार सात सय ५६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९३ करोड ६१ लाख ३७ हजार चार सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १४ लाख ३५ हजार चार सय ९७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । चुक्ता पुँजीमध्येबाट १९ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi