Skip to content

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सन्तोष कोइराला

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्य समिति चयन भएको छ । संघको ३८ औँ साधारणसभाबाट सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

माछापुच्छ्रे बैंकका सीईओ कोइराला सर्वसम्मत रुपमा संघको अध्यक्ष चयन भएका हुन् । साधारण सभामा अध्यक्ष, उपाध्यक्ष तथा तीन जना कार्यकारिणी समिति सदस्य चयन गरेको छ । कोइराला यस अघि संघको उपाध्यक्ष थिए । त्यस्तै उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी सो साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ राम चन्द्र खनाल र नेपाल बैंकका सीईओ तिलक राज पाण्डेय, निर्विरोध निर्वाचित भएका छन् ।

यस्तो छ नयाँ कार्य समिति
सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लि.                                  अध्यक्ष
सुरेन्द्रराज रेग्मी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लि.                         उपाध्यक्ष
अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लि.                                              सदस्य
निश्चल राज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लि.                                    सदस्य
सञ्जिब मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्सियल बैंक लि.                         सदस्य
सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ बैंक लि.                                 सदस्य
रामचन्द्र खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लि.                                        सदस्य
सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लि.                                          सदस्य
तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि.                                    सदस्य

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima