Skip to content

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबारको बैठकमा यो निर्णय लिइएको थियो, जसमा आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश घोषणासम्बन्धी निर्णय गरिएको थियो। तर, कम्पनीले उक्त निर्णयको जानकारी नेप्सेमा पुस ८ गते, अर्थात् आज, कारोबारको समय १२ः१३ बजेपछि मात्र नट्समार्फत पठाएकाले नेप्सेले सेयर कारोबार रोक्का गरेको हो।

यसैबीच, नेप्सेले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। नेप्सेको अनुसार, धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार कुनै पनि सूचीकृत कम्पनीले आफ्नो निर्णय, सूचना, वा जानकारीलाई प्रभाव पार्ने बेला सो जानकारी सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima